नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृंखलाको आफ्नो पाँचौँ खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला ब्याटिङको निर्णय लिएकी हुन् । नेपाल पहिलो जितको खोजीमा रहेको छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० र १५ रन तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार व्यहोरेको थियो ।
यता नेदरल्यान्ड्स भने तेस्रो जित निकाल्ने दाउमा रहेको छ । नेदरल्यान्ड्ले यसअघि थाइल्यान्डसँग आठ विकेट र १७ रनको हार व्यहोरेको थियो । नेपालको प्लेइङ- ११ मा कप्तान इन्दु बर्मासहित विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, पूजा महतो, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, सीता रानामगर र रचना चौधरी छन् ।