Skip This
२०८४ सालसम्म यो सरकार टसमस हुँदैन : प्रधानमन्त्री
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १८ शुक्रबार १४:२८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२०८४ सालसम्म यो सरकार टसमस हुँदैन : प्रधानमन्त्री

ढले ढले ढले भन्ने गित मनोरन्जनको लागि पार्टी उत्सवमा सुहाउला । तर राजनीतिमा सुहाउँदैन । यस्तो गित अब बन्द गरे हुन्छ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १४:२८:oo

प्रधानमन्त्री केपी ओलीले ०८४ सालसम्म यो सरकार टसमस नहुने बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले पार्टी टुक्य्राउने–भत्काउनेजस्ता खुद्रे कुराहरू यस सरकारको मेनुमा छैन । ढुक्क हुनुस् कांग्रेस र एमालेसहितको याे बलियो सरकारको प्राथमिकता त्यस्तो हुन सक्दैन।’ 

प्रधानमन्त्री ओलीले भने, ‘विपक्षमा रहेका साथीहरूले आफ्नो समय बेर्थै खेर फालेजस्तो लागिरहेको छ । याे सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघेसंक्रान्ति काट्दैन आदि इत्यादि । एउटा गीत बजारमा ‘ढलेँ ढलेँ ढलेँ’ भन्ने प्रचारमा छ । त्यस्तै, यो सरकार पनि आज वा भरे ढल्यो भनेर राजनीतिक रूपमा गाएकाे सुन्छु । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला । तर, राजनीतिमा सुहाउँदैन । यस्तो गीत अब बन्द गरे हुन्छ । ८४ सालसम्म यो सरकार टसमस हुँदैन ।’
     
प्रधानमन्त्रीले मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताउँदै महत्त्वपूर्ण आयोजनाको प्रगति प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले हालै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुनु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङमार्गको योजना अगाडि बढिरहेको बताए  ।     
     
उनले काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरको धेद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्गसमेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रु’ भएको अवगत गराए ।

प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनीले काम छोडे पनि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम द्रुतगतिमा अघि बढिरहेको बताए । उनले मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लडलाइट जोड्ने निर्णयबमोजिम बोलपत्र आह्वान भई तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्ने गरी काम अघि बढिरहेको जानकारी दिए ।