Skip This
संसद्को राज्य व्यवस्था समितिका पूर्वसभापति हृदयराम थानीलाई ३ प्रश्न
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ १८ शुक्रबार o७:१o:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

संसद्को राज्य व्यवस्था समितिका पूर्वसभापति हृदयराम थानीलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार o७:१o:oo

मिनी संसद् भनिने संसदीय समितिहरू कति प्रभावकारी देखिन्छन् ?
मिनी संसद् अत्यन्तै महत्वपूर्ण हुन्छन् । ठुलो सदनमा अनेक समूह र धेरै सदस्यको उपस्थिति हुन्छ । जसले गर्दा कतिपय महत्वपूर्ण विषयमा खुलेर छलफल हुन सम्भव नहुन पनि सक्छ । तर, मिनी संसद्मा थोरै सदस्यको उपस्थितिमा विभिन्न विषयका विज्ञलाई समेत बोलाएर खुला छलफल गर्न सकिने हुनाले यसको महत्व बढी हुन्छ । यसलाई थप क्रियाशील बनाएर यसको गरिमा बढाउन समितिका सभापतिदेखि सदस्यसम्म सबै इमानदार भई लाग्नुपर्छ । समितिमा दलको छाया पर्न दिनु हुँदैन । समितिले गर्ने निर्णयमा दलीय ह्विप लाग्न दिनु हुँदैन (अहिलेसम्म त्यस्तो ह्विप लागेको चाहिँ छैन) । 

यति महत्वपूर्ण मिनी संसद्का निर्देशनलाई सरकारले किन उतिसारो महत्व दिँदैन ?
मिनी संसद्ले दिएका निर्देशनलाई सरकारले नटेर्ने भन्ने हुँदैन । तर, निर्देशन दिने समितिले मन, वचन र कर्मले अनुसन्धान गरेको हुनुपर्छ । सदस्य र विज्ञहरूबीच पर्याप्त र खुला छलफल गराएको हुनुपर्छ । त्यसरी तयार गरिएको निर्णय सरकार र सरकारी निकायले नमान्ने भन्ने प्रश्नै उठ्दैन । त्यस्ता निर्णय सरकारका लागि बाध्यकारी बनाउन सकिन्छ र सकिएका उदाहरण पनि धेरै छन् । तर, त्यसका लागि मिनी संसद् स्वयंले सशक्त ‘फलोअप’ भने गरेको हुनुपर्छ । 

मिनी संसद्का नेतृत्व आफैँ प्रायः विवादमा किन पर्छन् ?
पछिल्लो समयमा देखिएका क्रियाकलापबारे त धेरै के नै बोल्नु र ? संसद्का सभामुखले निर्वाह गर्ने भूमिकाको प्रभाव मिनी संसद्मा पनि पर्छ । त्यसैले, सभामुखले सशक्त, निष्पक्ष र पक्षपातरहित भई विवादमुक्त भूमिका निर्वाह गरेको खण्डमा मिनी संसद्मा पनि त्यसको सकारात्मक प्रभाव देखिन थाल्छ । मिनी संसद्का नेतृत्व पनि सही ट्र्याकमा बस्न बाध्य हुन्छन् ।