मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
गणेश लम्साल विराटनगर
२o८१ पौष २५ बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङको सुन्दरहरैँचामा चारवटा सिलिन्डर बम फेला

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १५:४९:oo

मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित पूर्व–पश्चिम राजमार्गको मलती पुलनजिकै जमिनमुनि गाडिएको अवस्थामा चारवटा सिलिन्डर बम फेला परेकाे छ।

फेला परेको बमलाई नेपाली सेना र प्रहरीको टोलीले डिस्पोज गर्ने तयारी गरिएको छ। एउटा बम पड्किएको छ। अरू बमलाई पनि जमिनमुनिबाट निकालेर डिस्पोज गर्ने तयारी भइरहेको मोरङका एसपी नारायणप्रसाद चिमोरियाले बताए।

विदेशमा रहेका पूर्वमाओवादी कार्यकर्ताले घर फर्केको वेला पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम भइरहेको देखेपछि मानवीय क्षति हुन सक्ने भन्दै द्वन्द्वकालमा आफूहरूले बम राखेको स्थानीयमार्फत प्रशासनलाई जानकारी दिएका थिए। त्यसपछि मोरङ प्रशासनले बिहीबार बिहानैदेखि सुन्दरहरैँचा–७ को  गोठगाउँदेखि सलकपुरसम्म तीन किलाेमिटर क्षेत्रभित्र आवागमन बन्द गराएर बमको खोजी गरेको थियो।

एसपी चिमोरियाका अनुसार पूर्व–पश्चिम हाइवेको करिब तीन किलाेमिटर क्षेत्र बन्द गराए पनि सवारीसाधनहरू भने पूर्वाञ्चल विश्वविद्यालयको बाटो भएर आवतजावत भइरहेका छन्।