मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २५ बिहीबार
  • Thursday, 09 January, 2025
२o८१ पौष २५ बिहीबार १५:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशको गार्मेन्ट उद्योगमा सुधारको संकेत देखिएको व्यवसायीको भनाइ, श्रमिक आन्दोलन जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २५ बिहीबार १५:o६:oo

बंगलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् । मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहँदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन, र जीवन पहिलेजस्तै कठिन छ।

आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागिर नै धरापमा पर्ने बताउँदै गार्मेन्टमा काम गर्ने २४ वर्षीय खातुनले भने, ‘अहिले पनि पहिलेजस्तै शोषण छ । उल्लेख्य केही भएको छैन ।’

विश्वकै दोस्रो ठुलो गार्मेन्ट उत्पादक मुलुकले महिनौँ लामो हिंसाका कारण कम्पनीको उत्पादन पटक–पटक रोकिएको थियो । केही महिनायता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । राम्रो सुविधा र बढी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीमा प्रदर्शन जारी छ ।

बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चर्स एन्ड एक्सपोर्टस् एसोसिएसन बिजिएमईएले अक्टोबरमा ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको जनाएको थियो । यस्तो कठिन अवस्थामा श्रमिकका सबै मागलाई सम्बोधन गर्न नसकिने भन्दै पाँच प्रतिशत ज्याला बढाउने सहमति सरकारसँग गरेको थियो ।

श्रमिक आन्दोलनका कारण सयौँ कारखाना बन्द भएका छन् र दसाैँ हजारले रोजगारी गुमाएका छन् । गार्मेन्टलाई चाहिने दक्ष जनशक्ति आकर्षक आम्दानीको लोभमा खाडी मुलुक तथा अन्य विकसित मुलुकतर्फ पलायन हुने क्रम जारी छ ।

तर, सेप्टेम्बरमा पाँच प्रतिशत तलब वृद्धि गर्ने सहमति भएपछि उद्योग पुनरुत्थानका लागि कतिपय श्रमिक संघ तथा संगठनले कामलाई सञ्चालन गर्न व्यवसायीलाई सहयोग गर्ने बताए पनि अझै कतिपय संगठन आन्दोलित नै छन् ।