मंगलबार बिहान गएको भूकम्पमा चीनको सिगात्से क्षेत्रमा कम्तीमा नौजनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएअनुसार सिगात्सेको डिंग्री काउन्टीमा नौजनाको मृत्यु भएको पुष्टि भएको छ। सोही क्षेत्रलाई केन्द्रविन्दु बनाई गएको भूकम्पको ठुलो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो। सो क्षेत्रमा भने घरहरू भत्किएको र मानिसहरूको मृत्यु भएको छ ।
सो भूकम्प सात म्याग्निच्युडको भएको नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ यद्यपि, चिनियाँ सञ्चारमाध्यमहरूले भने ६.८ म्याग्निच्युडको भएको उल्लेख गरेका छन्।
भूकम्पबाट नेपालमा ठुलो क्षतिको विवरण अहिलेसम्म नभएको गृह मन्त्रालयले जनाएको छ।