चेम्बर अफ कमर्स दोलखाको अध्यक्षमा युवा व्यवसायी रुद्रजंग बुढाथोकीसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न छैटौँ साधारणसभा एवं तेस्रो जिल्ला अधिबेशनको बन्दसत्रले अध्यक्ष बुढाथोकीसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा पुरुषोत्तम ठकुरी, प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः राजकुमार खड्का र लिलाबहादुर केसी चयन भएका छन् । संस्थाको महासचिवमा रामकृष्ण श्रेष्ठ, सचिव कृष्ण नेपाली, कोषाध्यक्षमा भरत बस्नेत र सहकोषाध्यक्षमा पवित्र केसी सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य नवराज सिवाकोटीले जानकारी दिए ।
उनका अनुसार कार्यसमिति सदस्यहरुमा नवराज खतिवडा, कुमार कार्की, विनोद जिरेल, सिर्जना कुसुले, सागर प्रधान, सुनिना श्रेष्ठ, रोशन श्रेष्ठ र भिसा श्रेष्ठ छन् ।