मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार २२:१९:oo
Read Time : < 1 मिनेट
समाचार

सूर्यदर्शन सहकारी ठगीमा एमालेकी पूर्वप्रदेश सभा सदस्य गुरुङको समेत संलग्नता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार २२:१९:oo

सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलन आरोपमा आइतबार अभियोग-पत्र दर्ता भएका ४४ जनामध्ये एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसदस्य पनि रहेकी छिन्। सहकारी स्थापना कालमा तत्कालीन तदर्थ समितिको सदस्य र पछि सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी मीना गुरुङ प्रतिवादीकाे रूपमा परेकी छिन्।

एमालेनिकट मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया उनी हाल फरार सूचीमा छिन्। उनलाई सहकारी ठगीको अभियोग लगाइएको छ। ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी उनी ०७९ को निर्वाचनमा भने कास्की–२ ख बाट पराजित भएकी थिइन्।