नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबिच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन् ।
म्याग्दी हाइड्रोले प्रतिसेयर एक सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापतको ४७ करोड ४५ लाख रुपैयाँबराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहनेछ ।