मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष ७ आइतबार १४:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

रामकोटमा ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार १४:५६:oo

नागार्जुन नगरपालिका– ७ रामकोटमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि ४० करोड लगानीमा ‘बद्रीनारायणधाम’ निर्माण गरिएको छ । पण्डित स्व. नारायण पोखरेलको स्मृतिमा स्थापित नारायण पोखरेल प्रतिष्ठानले उक्त धाम निर्माण गरेको हो ।

धाम आगामी वैशाख १९ गतेदेखि २७ गतेसम्म  मूर्तिको प्राणप्रतिष्ठा गरी नित्य पूजाको व्यवस्थापन तथा उद्घाटन गरिने र यसका लागि निर्माण व्यवसायी जयराम लामिछानेको संयोजकत्वमा तीन हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले जानकारी दिए ।

रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त धाममा सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छ भने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई वासस्थानको व्यवस्थालगायतका संरचना निर्माण भइरहेको छ ।

केन्द्र, प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा लागत जुटाउने काम भइरहेको अध्यक्ष पोखरेलले बताए । धाम निर्माणका सरकारले जग्गा उपलब्ध गराएको थियो । चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

स्व. पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय भौतिक विकास नभएसम्म समुन्नत मुलुक निर्माण हुन सक्दैन भन्ने मान्यता राख्दै आएको थियो । वि.सं. २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मेका पोखरेलको ०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । नेपालको पहिलो धार्मिक सहिदसमेत हुन् । स्व. पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।

स्व. पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गरेका थिए । पोखरेलको निधन  भएसँगै ०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले  व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दीनबन्धु पोखरेलले स्व. नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहत् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताए । ‘नेपालमै ठुलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै गएको छ,’ उनले भने ।

उक्त धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुनेछ ।