१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१५:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

स्थानीय तह उपनिर्वाचनको सन्देश के हो ? 
मतदातामा कांग्रेस, एमाले र माओवादीप्रतिको असन्तोष कायमै देखिन्छ । विशेषगरी सहरी क्षेत्रमा यस्तो अवस्था देखियो । काठमाडौं— १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको विजय र अन्य क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवारले पाएको मतले परम्परागत दलप्रतिको जनताको असन्तुष्टि प्रस्ट हुन्छ । गत चुनावपछि ती दलले आफ्नो स्थिति मतदाताबीच विश्वासिलो बनाउन सकेको देखिँदैन । दोस्रो कुरा, तराईं, मधेशसहित अन्य ठाउँमा माओवादीले उपनिर्वाचनमा अलि बढी मिहिनेत गरेको देखियो । परिणाम पनि माओवादीका लागि राम्रै भयो । 

उपनिर्वाचनमा कांग्रेसलाई मात्र घाटा भएको हो ?
कांग्रेसको स्थिति अलि खस्किएकै देखियो । एमालेले पनि उपनिर्वाचनमा ‘गेन’ गर्न सकेन । हारजित त प्राविधिक विषय हुन् । मुख्य विषय, मत कति आयो भनेर हेर्नुपर्छ । मतदाता कसरी सहभागी भएका छन्, कति मत खस्यो, उम्मेदवारले कति प्रतिशत मत पाए भन्ने कुरा महत्वपूर्ण हुन्छ । माओवादीको स्थिति पहिलाको तुलनामा केही सुदृढ भएको हो कि भन्ने देखिन्छ । तर, त्यसले मात्र उसको प्रभाव बढेकै हो भन्न चाहिँ सकिँदैन । ठूला पार्टीका लागि गम्भीर चुनौती अझै बाँकी नै छ ।

अहिलेको नतिजाबाट भोलिको स्थिति आकलन गर्न सकिन्छ त ?
मतदाताको सहभागिता घटेको छ । त्यसकारण थोरै मतका आधारमा यसै हुन्छ भन्न सकिँदैन । कतिपय ठाउँमा मत बाँडिएको छ । पहिलाको भन्दा थोरै मत आएको छ । जित्नेले पनि थोरै मतले मात्र जितेका छन् । यत्तिकै भरमा ठोस विश्लेषण गर्न सकिँदैन । तैपनि, केही संकेत भने यसले दिएकै छ । ठूला दलले आफ्नो स्थिति अझै सुधार्न सकेका छैनन् । उनीहरूले मतदातामा प्रभाव पार्न सकेका छैनन् भन्ने उपनिर्वाचनले स्पष्ट पारेको छ ।