Skip This
उद्योगको फोहोर व्यवस्थापन अध्ययन गरिँदै  
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ३० शुक्रबार १o:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगको फोहोर व्यवस्थापन अध्ययन गरिँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार १o:oo:oo

औद्योगिक प्रतिष्ठानबाट निस्कने फोहोर व्यवस्थापन गर्न महालेखा परीक्षकको कार्यालयले अध्ययन गर्ने भएको छ । महालेखाले आफ्नो वार्षिक कार्ययोजनाअनुसार औद्योगिक प्रतिष्ठानबाट निस्कने फोहोर व्यवस्थापनको विषयमा कार्यमूलक लेखापरीक्षण गर्ने भएको हो । 

महालेखाले चालू आवभित्रै सम्पन्न गर्ने गरी औद्योगिक करिडोर र औद्योगिक क्षेत्रको स्थलगत अध्ययनसहित ‘नेपालमा औद्योगिक प्रतिष्ठानबाट निस्कने फोहोर व्यवस्थापन’ विषयक कार्यमूलक लेखारीक्षण गर्ने भएको हो । यसका लागि सिमरा करिडोर तथा बालाजु, ललितपुर र भक्तपुर औद्योगिक क्षेत्रलाई कार्यक्षेत्र तोकिएको छ । ती औद्योगिक करिडोर र औद्योगिक क्षेत्रमा गएर नागरिक समाजसमेतको सहभागितामा कार्यमूलक लेखा परीक्षण गरिने महालेखाका सहायक प्रवक्ता रमेश सुवेदीले जानकारी दिए । ‘कार्यमूलक परीक्षण एकप्रकारको अनुसन्धान नै हो,’ उनले भने, ‘यसअनुसार कुनै पनि विषयमा आधारित भएर स्रोत–साधनको व्यवस्थापन तथा उपयोगिता, त्यसको मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताको अध्ययन गरेर सुझावसहितको प्रतिवेदन तयार पारिन्छ ।’ 

हाल नेपालमा १० औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् । त्यस्तै, मोरङ–सुनसरी, बारा–पर्सा, बुटवल–भैरहवालगायत ठूला औद्योगिक करिडोरसमेत सञ्चालनमा रहेका छन् । सरकार र निजी क्षेत्रले औद्योगिक क्षेत्रबाट निस्कने विभिन्न प्रकारका फोहोर व्यवस्थापनका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् । तर, उद्योगको फोहोरको व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि महालेखाले कार्यमूलक लेखा परीक्षण गर्ने भएको हो ।