१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २८ बुधबार
  • Thursday, 14 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २८ बुधबार १३:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २८ बुधबार १३:o५:oo

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन्। मंसिर ५ देखि ९ गतेसम्म जनरल द्विवेदीले नेपाल भ्रमण गर्ने तय भएको नेपाली सेनाले बुधबार जानकारी दिएको छ।

भ्रमणका दौरान द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगीअड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट एवं छलफललगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया र पश्चिम पृतना हेडक्वार्टर पोखराको भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेनाबिचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते विशेष समारोहबिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री केपी ओली र  रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।