१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ कार्तिक २ शुक्रबार १५:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्तरकाे बुद्धिचाल प्रतियोगिता हुँदै

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १५:oo:oo

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुने भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका– ८ गैलनदी गाउँमा पहिलोपटक राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुन लागेको हो। नेपाल बुद्धिचाल महासंघ, काठमाडाैं स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका– ८ नम्बर वडाको संयुक्त आयोजनामा ३ कात्तिक (शनिबार)देखि प्रदेशमै पहिलोपटक बुद्धिचाल प्रतियोगिता हुन लागेको हो।

गैलनदीको बैजनाथ माध्यमिक विद्यालयमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्। काठमाडाैं स्पोर्टस् एकेमेडीका अध्यक्ष एवं प्रतियोगिता संयोजक नारायणदास गमालले एकैपटक तीन–तीन प्रतियोगिता हुन लागेको जानकारी दिए। अध्यक्ष गमालले बेदकोट नगरको ८ नम्बर वडामै तीन विधामा प्रतियोगिता हुन लागेको बताए।

उनका अनुसार प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्‍यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन लागेको हो। ‘तेस्रो नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट प्लस ३० सेकेन्ड प्रतिचाल नाै राउन्डको हुनेछ,’ उनले भने, ‘र्‍यापिड स्विस लिगकै १५ मिनेट प्लस १० सेकेन्ड प्रतिचालको नाै राउन्ड र ब्लिट्ज स्वस लिगकै तीन मिनेट प्लस दुई सेकेन्ट प्रतिचालको नाै राउन्डमा हुनेछ।’

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार २५ हजारसहित २० खेलाडीलाई कुल ८३ हजार पाँच सय, दोस्रो राष्ट्रिय र्‍यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार ३० हजारसहित अन्य २० खेलाडीलाई कुल एक लाख ३१ हजार पाँच सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार ६० हजारसहित २५ खेलाडीलाई दुई लाख ५५ हजार नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइनेछ। प्रतियोगिताका ६५ खेलाडीलाई कुल चार लाख ७० हजार नगद पुरस्कार वितरण गरिनेछ।

अनलाइनमार्फत सहभागिताका लागि आह्वान गरिएको प्रतियोगितामा खेलाडीलाई निःशुल्क टिम दर्तासहित बस्ने, खाने व्यवस्था गरिएको छ। एकै खेलाडीले तीनै प्रतियोगितामा सहभागी हुन पाउनेछन्।