१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २ शुक्रबार ११:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजारले बढेर नयाँ कीर्तिमान कायम  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार ११:४७:oo

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो।

महासंघका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला  एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय रुपैयाँ निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको आजका लागि भने एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ।