१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
२o८१ कार्तिक २ शुक्रबार १४:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा बाघको आक्रमणबाट ६३ वर्षीय पुरुषको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार १४:२o:oo

नवलपुरमा बाघको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ। आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडीनिवासी ६३ वर्षीय पुरुष जीवबहादुर थिङकाे बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

बिहान घरदेखि पाँच सय मिटर परको जंगल तीनचुली मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको वेला उनलाई बाघले आक्रमण गरेको भन्ने उनीसँगै गएका छिमेकी बलराम न्यौपानेमार्फत खबर पाएपछि खोजी गर्ने क्रममा जीवबहादुर थिङ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

उनलाई बाघले घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ । वन कार्यालयका कर्मचारीसँग मिलेर घटनास्थलको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।