१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक २ शुक्रबार o९:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जग्गा दानविरुद्ध अख्तियारमा उजुरी, सर्वाेच्चमा रिट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक २ शुक्रबार o९:१७:oo

प्रधानमन्त्रीको पार्टीले स्वार्थ बाझिने गरी व्यवसायीबाट जग्गा दान लिनु भ्रष्टाचार भएको भन्दै छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेलले बिहीबार उजुरी गरेका हुन् ।

भ्रष्टाचार निवारण ऐनले दान तथा उपहार लिनुलाई समेत भ्रष्टाचार भनेर व्याख्या गरेकाले त्यसमा अनुसन्धानको माग गरिएको छ । प्रधानमन्त्रीले नै यसरी दान लिनु भ्रष्टाचारजन्य काम भएको उजुरीकर्ताको जिकिर छ ।

जसकारण प्रधानमन्त्री केपी ओलीविरुद्ध छानबिनको माग गरिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङसँग एमालेले १० रोपनी १४ आना जग्गा कीर्तिपुर– २ मा दान लिएको थियो । जहाँ गत २५ असोजमा एमालेको पार्टी भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

व्यवसायी गुरुङ आफैँले पार्टी भवन बनाइदिन लागेका हुन् । स्वार्थ बाझिने गरी यसरी प्रधानमन्त्रीले नै दान लिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । एमालेकै नेताहरूले समेत पाँच लाख कार्यकर्ताको अपमान भएको भन्दै असन्तुष्टि जनाइरहेका छन् । सर्वाेच्च अदालतमा समेत त्यसविरुद्ध रिट परेको छ ।

सत्य र न्यायको खोजी अभियानका तर्फबाट अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले रिट निवेदन पेस गरेका हुन् । जग्गा लेनदेन कार्यान्वयन नगराउन रिटमा माग गरिएको छ । रिट दर्ता भने भइसकेको छैन ।