Skip This
ललित राजवंशी उच्चतम १५ लाखमा जनकपुरमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १५:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

ललित राजवंशी उच्चतम १५ लाखमा जनकपुरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १५:१२:oo

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशीलाई उच्चतम १५ लाखमा जनकपुर बोल्ट्सले खरिद् गरेको छ। काठमाडौंमा भएको नेपाल प्रिमियर लिगको अक्सनमा ललितलाई काठमाडौं र चितवनबाहेक ६ टिमले दाबी गरेका थिए। गोलप्रथाबाट जनकपुर भाग्यमानी भयो।

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा आयोजना गरेको अक्सनबाट सहभागी आठ टिमले समान १० खेलाडी खरिद गर्दै छन्। अक्सनको सर्ट लिस्टमा कुल १४२ खेलाडी छन्।

१५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुने लिगमा एक टोलीमा १६ खेलाडी रहँदा एक मार्की, चार विदेशी र एक ट्यालेन्ट हन्टबाट टिममा अनुबन्ध हुनेछन् । 

मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौं गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी हुन् । क्यानले यसअघि नै मार्की खेलाडीले २० लाख पाउने बताएको छ । 

एक टिमले १० खेलाडीका लागि बढीमा ९० लाख खर्च गर्न पाउनेछन् । नियमानुसार श्रेणी ‘ए’को २७ जना खेलाडीको न्यूनतम मूल्य १० लाख र उच्चतमको १५ लाख रुपैयाँ हुनेछ । यदि उच्चतम मूल्यमा एकभन्दा बढी टिमले दाबी गरेमा गोलाप्रथाबाट खेलाडी कुन टोली जाने निर्धारण हुनेछ । 

‘बी’ श्रेणीमा रहेका ३८ जना खेलाडीको न्यूनतम मूल्य पाँच लाख र उच्चतम मूल्य १० लाख छ । ७७ जना खेलाडी रहेको ‘सी’ श्रेणी खेलाडीको न्यूनतम दुई लाख र उच्चतम मूल्य पाँच लाख राखिएको छ । यता, विदेशी खेलाडी भने क्लबहरूले आन्तरिक सहमतिमै सम्झौता गर्न सक्छन् । 

पछिल्लो वर्ष नेपाल टी–२० लिग भए पनि विवादपछि दोस्रो संस्करण हुनै सकेन । आयोजनाको जिम्मेवारी पाएको भारतीय सेभेन थ्री स्पोर्टस् कम्पनी भागेपछि क्यानले सम्झौता रद्द गरेको थियो । नेपाल टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल प्रहरीको सिआइबीले छानबिन गरेका थिए ।