Skip This
लेबनान र इजरायलका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीकाे निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ असोज २० आइतबार १८:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लेबनान र इजरायलका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीकाे निर्देशन

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १८:o२:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरूलाई निर्देशन दिएकी छिन्।

ती देशमा अवस्थित नेपाली राजदूतहरूसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन्।

बैठकमा मन्त्री डा. राणाले पछिल्लो समयमा विशेष गरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरू र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिइन्। 

मन्त्री डा. राणाले भनिन्, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरूको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउन सक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नू।’

मन्त्री डा. राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्प डेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी थिइन्।

इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए।

त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेकाे अनुमान गरिएको र अधिकांश घरायसी काममा रहेकाे जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीनजना मात्र सम्पर्कमा आएका र उनीहरू पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको लम्सालले बताए।

हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नगरेका, तर नेपालमा रहेका आफन्तहरू बढी चिन्तित भएकाे उनले बताए।

इजरायलका लागि नेपाली कार्यबाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेका बताए। सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए।