Skip This
हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
फाइल तस्बिर
रासस ललितपुर
२o८१ असोज २० आइतबार १७:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
रासस, ललितपुर
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १७:१६:oo

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आइतबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्न निर्देशन दिएका हुन्।

‘विपतको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एकाकार भएर काम गर्नुपर्छ। ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्यांक छ र सरकारले दिने रु. दुई लाख राहत ३९ जनाले पाउनुभएको छ,’ उनले भने, ‘बाँकी ६ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रूपले घर क्षति भएका पाउनयोग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ।’

नागरिकले खुला आकाशमुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउन नहुने बताए।

‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरूले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्,’ गृहमन्त्रीले भने।