१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ५ शनिबार o८:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एरिका एसियन कराँते च्याम्पियनसिपको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार o८:१५:oo

एसियाड र एसियन कराँते च्याम्पियनसिपको फाइनल खेल्ने एरिका गुरुङ पहिलो नेपाली कराँतेकी खेलाडी

गत वर्ष चीनको हाङझाउ सहरमा भएको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)मा रजत जित्दै इतिहास रचेकी कराँतेकी एरिका गुरुङ शुक्रबार २०औँ एसियन कराँते च्याम्पियनसिपको फाइनलमा पुगेकी छिन् । एसियन कराँते च्याम्पियनसिप र एसियाडको फाइनल खेल्ने एरिका एक मात्र नेपाली कराँतेका खेलाडी बनेका छन् । 

महिला ६८ केजीमाथि तौलसमूहको सेमिफाइनलमा उनले थाइल्यान्डकी केवलिन सोङलिनमाथि ८–० को सानदार जित निकाल्दै‌ अन्तिम दुई स्थान पक्का गरेकी हुन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । 

नेपाली कराँते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले फाइनल खेल आइतबार हुने बताए । एरिकाले स्वर्ण पदकका लागि भियतनामकी खेलाडीसँग खेल्नेछिन् । 

टोलीका सहायक प्रशिक्षक मन्डेकाजी श्रेष्ठले भने, ‘थाइल्यान्डका खेलाडीलाई सेमिफाइनलमा ८–० ले हराउँदै एरिका फाइनलमा प्रवेश गरेकी छिन् । एरिकाले प्रिक्वार्टरफाइनलमा फिलिपिन्सकी इसावेल ब्रिटोलाई ४–० ले पाखा लगाउँदै क्वार्टरफाइनल स्थान पक्का गरिन् । क्वार्टरफाइनल भिडन्त रोमाञ्चक बन्यो । 

एरिकाले काजकिस्तानकी सोफिया बेरुसेलेभाविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । गत वर्ष एसियाडको स्वर्ण भिडन्तमा यसै हलमा उनले सोफियाविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । त्यसवेला उनी झिनो अन्तरले पराजित भइन् । 

ठयाक्कै एक वर्षपछि एरिकाले एसियाडको बदला लिँदै सोफियालाई हराउँदै अन्तिम चारको स्थान पक्का गरिन् ।  एरिका र सोफियाबिच निर्धारित समयको खेलमा एक–एकको बराबरी भएको थियो । त्यसपछि रेफ्रीले नेपाली खेलाडी एरिकालाई विजयी घोषित गरेका थिए । नेपाली टोलीको कातातर्फको खेल बाँकी रहेको सहायक प्रशिक्षक मन्डेकाजी श्रेष्ठले बताए ।