१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ असोज ५ शनिबार १२:४३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दसैंको मुखमा तातोपानीबाट विद्युतीय गाडी भित्रिँदै

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ असोज ५ शनिबार १२:४३:oo

नेपालको लागि ल्याइएका दुई सयभन्दा बढी नयाँ मोडेलका चिनियाँ विद्युतीय गाडी स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा आइपुगेका छन् । १४ सिट भएको माइक्रो, १५ सिटमाथिका मिनिबस र ९९ किलोवाटदेखि दुई सय किलोवाटसम्मका कार तिब्बती सहरका सडकमा रहेको तातोपानी भन्सारले जानकारी दिएको छ । 

नेपाली व्यापारी र चिनियाँ भन्सारका अधिकारीको भनाइ उद्धृत गर्दै तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले रेडिमेड, फलफूल, लसुन र दसैं आसपास ठूलो संख्यामा विद्युतीय गाडी आउन लागेको बताए। नेपाली व्यापारीले खरिद गरेको इलेक्ट्रिक गाडी सीमा नजिक आएको खबर पाएका छौँ, ‘उनले भने, ‘इभी र दसैँ लक्षित सामग्री आयातसँगै राजस्व पनि लक्ष्यभन्दा बढी संकलन भइरहेको छ।’ विद्युतीय गाडीबाट मात्रै यसपटक ५० करोड राजस्व संकलन हुने अनुमान गरिएको छ । 

हाल खासामा एक सय चिनियाँ ट्रेलरमा दसैं र जाडो यामका सामग्री छन्। खासा पुनर्निर्माण जारी रहेकोले सवारीसाधन चलाउन आलोपालो प्रणाली लागू गरिएको छ। जाडो यामका लागि लक्षित रेडिमेड सामग्री खासामाथिका सडकमा रहेका छन् । भन्सार यार्डमा ६० गाडी जाँचपास भएर बसेका छन्। भन्सार तिरेका तर चेकजाँच गर्न बाँकी करिब ५० गाडी भन्सार आसपास छन् । खासादेखि सुख्खा बन्दरगाह लार्चासम्म कन्टेनर भरिभराउ भएका छन् ।

दसैं नजिकिँदा तातोपानी नाका गुलजार देखिएको छ। यद्यपि, कोदारी राजमार्गको दूरावस्थाले राजधानी आउने कन्टेनरलाई सडक पार गर्न कठिन परिरहेको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजुले दसैंका लागि ल्याइएका धेरै सामान अझै खासामा अड्किएको बताए । ‘खासामा गाडी आलोपालोमा चलेकोले दसैँ लक्षित कतिपय सामान भन्सार आइपुगेका छैनन्,’ उनले भने ।