हेटौँडामा शुक्रबार साँझ ग्यास बुलेटको ठक्करबाट घाइते भएका एकजना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सुडाल घरभई हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थाना भर्याङ बस्दै आएका ६० वर्षीय रमेश पाण्डे रहेका छन् ।
पाण्डेलाई पुर्व पश्चिम राजमार्ग आन्तर्गत हेटौँडा–१० स्थित राप्ती पुल निजिकै एनएल ०१ एल ९०२६ नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका पाण्डेलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
पाण्डेलाई ठक्कर दिने ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।