
बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलको बुद्ध नगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवल ११ मा बस्ने युवतीमाथि गोली चलेको जानकारी दिए। कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रजिअ घिमिरेको भनाइ छ।
उनको कम्मरमाथि गोली लागेको छ। पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगर बस्दै आएकी थिइन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। गोली प्रहार गर्नेको प्रहरी खोजीका लागि नेपाल भारत सीमा नाकामा कडाइ गरेको छ।