१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ६ शनिबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ६ शनिबार २१:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ६ शनिबार २१:३२:oo

स्थानीय तहका कर्मचारीले पनि आन्दोलन घोषणा गरेका छन्। विगतमा आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरूले आइतबारदेखि विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति निकाली विरोधका कार्यक्रम सार्वजनिक गरेको हो। आइतबार ७५३ पालिकाकै प्रमुखमार्फत राज्य व्यवस्था समितिका सभापति, संघीय मामिलामन्त्री, कानुनमन्त्री र मुख्यसचिवलाई २७ असोज २०८० मा भएको सम्झौता स्मरण गराई तत्काल निजामती सेवा विधेयक जारी गर्न ध्यानाकर्षण  गराउने भएका छन्।  

त्यस्तै, वैशाख ८ गते सोमबार कर्मचारीहरू काठमाडौंमा भेला भई दबाबमूलक कार्यक्रम गर्ने र ७५३ स्थानीय तहमै कालोपट्टी बाँधेर काम  गर्ने कार्यक्रम छ। 

१२ वैशाख शुक्रबार स्थानीय तहका माग-मुद्दा समावेश नगरिए काठमाडौंकेन्द्रित सडक आन्दोलन गर्ने तथा सबै स्थानीय तहमा पेनडाउन गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेको छ। 

शिक्षकदेखि, चिकित्सक तथा संघीय निजामती कर्मचारीले आन्दोलन गरिरहेका वेला स्थानीय तहका कर्मचारीले पनि सडक आन्दोलनसम्मका कार्यक्रम सार्वजनिक गरेका छन्।