१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
पोष्टराज अधिकारी नयाँ पत्रिका
Invalid date format o८:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भरपुरको पुल्चोक–गोन्द्राङ ६ लेन सडकको उद्घाटन

Read Time : > 1 मिनेट
पोष्टराज अधिकारी, नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format o८:o१:oo
  • प्रधानमन्त्री ओलीले भने– अहिले चुनाव छैन, सबै मिलेर देश विकासमा ध्यान दिऊँ
  • मेयर दाहालले भनिन्–सडक विस्तारमा निम्तिएका अवरोध महानगरले हटाएकाले यो सडकमा महानगरको अपनत्व छ

तोकिएको समयभन्दा २० महिना ढिला सम्पन्न चितवनको भरतपुरस्थित पुल्चोक–गोन्द्राङ ६ लेन सडकको प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतको उपस्थितिमा शुक्रबार उद्घाटन गरिएको छ । एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण भएको ६ किमि सडकको १७ माघ ०७७ मा आफैँ प्रधानमन्त्री भएका वेला ओलीले नै शिलान्यास गरेका थिए । तर, काममा भएको ढिलासुस्तीमा खबरदारी गर्ने, बजेटका लागि पहलकदमी लिने, साइट क्षेत्रका अवरोध हटाउनेलगायत समन्वय भरतपुर महानगरपालिकाले गरेको थियो । 

६ किमि सडक उद्घाटन गर्न प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतको भिआइपी टोली नै भरतपुर पुग्नुलाई प्रचारबाजी भनेर आलोचना हुन सक्ने आकलन गरेका ओलीले अहिले चुनाव नलागेकाले प्रचार गर्न आवश्यक नरहेको बताए । भरतपुरको मेयर माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल भएकाले पनि उक्त सडक निर्माणको जस लिने विषयमा राजनीतिक तहमा प्रतिस्पर्धा देखिन्छ । 

‘अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नुपर्‍या पनि छैन । त्यतापट्टि अहिले गइहाल्नुपर्ने आवश्यकता पनि छैन । सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, विकासमा ध्यान दिऊँ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले एक भएर देश बनाउनुपर्ने वेला छ । हामीले अहिले मतभेदमा होइन, एकतामा जोड दिन आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले देशको नेतृत्वमा पुग्ने दलहरूको राजनीतिक विचारमा विविधता भए पनि देश विकास गर्ने कुरामा एकमत रहेको पनि बताए । अरू कसैले आएर हाम्रो देश नबनाउने भन्दै उनले देश विकासको सवालमा एकमत हुनुपर्नेमा जोड दिए । ‘हामीमा विचारमा विविधता हुन सक्छ, तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन र हुँदैन । देशको विकास सबै मिलेर गर्ने हो,’ उनले भने, ‘कोही आएर हाम्रो देश बनाउँदैन । हामी आफैँले बनाउने हो ।’

त्यस्तै, सहरी विकासमन्त्री सिंहले सहरहरूमा सडक बनाउँदा युलिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताए । सडक बनेलगत्तै ढल, खोनपानीको पाइप, फाइबर बिछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोरको अवधारणामा चल्नुपर्ने उनको भनाइ थियो । 

त्यस्तै, भरतपुरकी मेयर दाहालले पनि विकास निर्माणमा कसैले राजनीति गर्न नहुने बताइन् । पुलचोक–गोन्द्राङ ६ लेन सडकको निर्माण कार्य संघीय बजेटबाट विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले सधैँ खबरदारी गरेको बताइन् । सडक विस्तारका क्रममा देखिएका अवरोध महानगरको पहलमा समाधान गरेको भन्दै पुलचोक–गोन्द्राङ सडकमा भरतपुर महानगरको अपनत्व रहेको उनको भनाइ छ ।