१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ४ बिहीबार ११:५२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सिंहदरबारभित्र गृह मन्त्रालयको आधुनिक नयाँ भवन (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार ११:५२:oo

सिंहदरबारभित्र गृह मन्त्रालय रहेको भवननजिकै अर्को नयाँ आकर्षक भवन तयार भएको छ । बाहिरबाट हेर्दा नै उक्त भवन सिंहदरबारकै भवनहरूमा फरक देखिन्छ । अगाडिको भागमा सिसा राखिएको भवनको भित्र कोठाका डिजाइनदेखि शौचालयलगायत संरचना पनि आधुनिक छन् । यो गृह मन्त्रालयकै नयाँ भवन हो, जहाँ चालू आर्थिक वर्षभित्रै मन्त्रालय सर्दै छ । 

बेसमेन्ट पार्किङसहितको भवन ८३ मिटर लामो छ । भवनको  भुइँतलाको एकातर्फ पुस्तकालय तथा अर्काेतर्फ राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र रहनेछन् । पहिलो तलामा जानका लागि तारे होटेलका भवनजस्तै दुईतर्फ ठुला भर्‍याङ निर्माण गरिएको छ ।

बेसमेन्ट पार्किङ २५०० स्क्वायर मिटर छ । जुन ३५० साना गाडी र डेढ सय मोटरसाइकल क्षमताको छ । यसले सिंहदरबारभित्रको पार्किङ समस्या पनि केही हदसम्म कम हुने मन्त्रालयका अधिकारी बताउँछन् ।

तर, पार्किङको प्रवेश गर्ने र निस्कने ठाउँ एउटै र साँघुरो भएकाले भने समस्या हुने देखिन्छ । भवनमा दुईवटा लिफ्ट छन् भने उत्तर र दक्षिणतर्फ आपतकालीन फलामे भर्‍याङ जडान गरिएको छ ।  

तस्बिर : अमुल थापा/नयाँ पत्रिका