१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ४ बिहीबार ११:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रक्षा नेपाललाई सिटिजन्स बैंकले दियो खाद्यान्न तथा स्यानिटरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार ११:oo:oo

सिटिजन्स बैंक इन्टरनेसनलले सामाजिक संस्था रक्षा नेपाललाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बेचबिखन तथा यौन शोषणमा परेका बालिका र महिलाको सुरक्षाका लागि कार्य गर्दै आएको रक्षा नेपाललाई दैनिक उपभोग्य खाद्यान्न सामग्री र स्यानिटरी प्याड सहयोग गरेकोे हो । 

दुई दशकदेखि विभिन्न हिंसामा परेका महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र पुनर्स्थापनामा लागिपरेको संस्था रक्षा नेपालले उनीहरूलाई सीप, शिक्षा, काउन्सेलिङ, कानुनी सहयोग, आत्मरक्षा र आत्मजागरुकतामार्फत आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । बैंकले एक समारोहबिच संस्थालाई सामग्री हस्तान्तरण गरेको हो । समाजमा उल्लेखनीय मानवीय कार्य गर्दै आएको संस्थालाई सहयोग गर्न पाँउदा संस्था सञ्चालनमा सहजता हुने विश्वास बैंकले लिएको छ । 

भावी दिनमा पनि बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।