१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ बैशाख ४ बिहीबार १o:४७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

थमन विक हत्या प्रकरण : विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १o:४७:oo

सशस्त्र प्रहरीका असइ थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले मोबाइल अडियो परीक्षणमा संलग्न विशेषज्ञलाई अदालतमा झिकाउने आदेश दिएको छ ।

बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश नरीश्वर भण्डारी र जगदीश घिमिरेको संयुक्त इजलासले साइबर विशेषज्ञ आनन्द निरौलालाई बयानका लागि अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

यसअघि पनि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोबाट आनन्द निरौला र दक्षेपी शेर्पालाई अदालतमा बोलाउने आदेश भएको थियो । तीमध्ये शेर्पाले बयान दिएका थिए । तर, निरौलाले कोरियामा तालिममा रहेकाले बयान दिन सकेका थिएनन् ।

उच्च अदालत जनकपुरधामका सूचना अधिकारी तथा उपरजिस्ट्रार सुशील यादवका अनुसार निरौला र शेर्पा दुवैले असइ विक हत्यामा संलग्न ठहर गरिएका आरोपीको मोबाइल फोनमा भएको अडियो कल परीक्षण गरेका थिए । परीक्षणको विषयमा अझ प्रस्ट जानकारी आवश्यक परेकाले निरौलालाई पुनः अदालतले बोलाइएको हो ।

यो मुद्दामा जिल्ला अदालत महोत्तरीले मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मा, जलेश्वरका पूर्वमेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र रायसहित सातजनालाई जन्मकैदको फैसला सुनाएको छ । २५ भदौ ०७२ मा दोस्रो मधेश आन्दोलनका क्रममा विकको हत्या भएको थियो ।