१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ४ बिहीबार १o:४o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जबर्जस्ती करणीको आरोपमा प्रहरीले थाल्यो अनुसन्धान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १o:४o:oo

मधेश प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी 

मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)विरुद्ध जबर्जस्ती करणी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । पीडित युवतीको जाहेरीपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अहिराज राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका सल्लाहकारसमेत हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंस्थित महिला सेलमा अहिराजविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दर्ता भएको हो । सोही घटना अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अहिराज फरार छन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले अहिराजविरुद्ध जबर्जस्ती करणी कसुरमा अनुसन्धान भइरहेको बताए । ‘अहिराजविरुद्ध जबर्जस्ती करणी कसुरमा अनुसन्धान भइरहेको छ । पीडितले परिसरमा हालेको जाहेरीका आधारमा उनीविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढेको छ । उनी पक्राउ परेका छैनन् । प्रहरी टोली खोजीमा छ,’ उनले भने ।
प्रहरीका अनुसार अहिराजविरुद्ध अनामनगर बस्ने युवतीले जाहेरी दिएकी थिइन् । जाहेरी दिने युवती अहिराजका छिमेकीसमेत हुन् । अहिराजले युवतीलाई ‘एयर होस्टेज’ बनाइदिने प्रलोभन दिएका थिए । सोही प्रलोभनपछि उनले युवतीलाई सात वर्षदेखि यौनशोषण गर्दै आएका थिए । युवती अहिले २५ वर्षकी छिन् । यौन दुव्र्यवहार सुरु हुँदा उनको उमेर १७ वर्षको थियो । 

‘अहिराजले सात वर्षदेखि युवतीलाई यौनशोषण गरेको जाहेरीमा उल्लेख छ । अहिले पीडितको उमेर २५ वर्षको छ । जुनवेला उनीविरुद्ध यौनशोषण सुरु भएको थियो, त्यसवेला उनको उमेर १७ वर्षको थियो । अहिराजले पीडित युवती नाबालिका हुँदाको बखतदेखि नै यौनशोषण गरेको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरीका अनुसार होस्टेल सञ्चालन गर्दैै आएकी युवती अहिले आमासँग बस्दै आएकी छिन् । उनकी आमा एकल महिला हुन् । होस्टेल सञ्चालनका लागि समेत अहिराजले सहयोग गर्ने गरेका थिए । पीडित युवतीको जाहेरीपछि अहिराज फरार भएका थिए । उनले नेपाल छाडिसकेको प्रहरीको भनाइ छ । ‘घटनाको अनुसन्धान भइरहेको छ । अहिराजको खोजी जारी छ । केही दिनभित्रै पक्राउ पर्नेमा विश्वस्त छौँ,’ एसपी बोहराले भने ।

पीडित युवती यसअघि राष्ट्रिय महिला आयोगमा पनि उजुरी लिएर गएकी थिइन् । तर, आफू ‘हनी ट्र्याप’मा परेको भन्दै अहिराजले आयोगसँग छलफल टारेका थिए । आयोगबाट कुनै निकासा ननिस्किएपछि युवती जाहेरी लिएर प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । त्यो सूचना थाहा पाएका अहिराजले पनि ‘आफू हनी ट्र्याप’मा परेको भन्दै परिसरमा उजुरी लिएर पुगेका थिए । तर, दुवैको जाहेरी दर्ता हुन सकेको थिएन । दबाबपछि भने युवतीको जाहेरी दर्ता भएको थियो । 

अहिराजलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले ७ फागुन ०७७ मा मधेश प्रदे शको प्रमुखमा नियुक्त गरेको थिए । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि उनको पद गएको थियो । उनी करिब ६ महिना प्रदेश प्रमुख भएका थिए । तत्कालीन नेकपामा चरम विवाद हुँदा बहालवाल प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी उनलाई नियुक्त गरिएको थियो ।