१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Saturday, 19 April, 2025
२o८१ चैत २९ शुक्रबार o८:१३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल–२०२५ : बेंग्लोरमाथि दिल्लीको रोमाञ्चक जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार o८:१३:oo

लोकेश राहुल र त्रिस्तान स्तुबसको नटआउट साझेदारीको सहयोगमा बिहीबार दिल्ली क्यापिल्टसले इन्डियन प्रिमियर लिगमा रोयल्य च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा सात विकेट गुमाएर १६३ रन बनाएको थियो । प्रत्युत्तरमा दिल्लीले १७.५ ओभरमा चार विकेटको नोक्सानीमा १६९ रन जोड्यो ।

दिल्लीको जितमा राहुल र स्तुबसले पाँचौँ विकेटका लागि ५८ बलमा १११ रनको साझेदारी गरेका थिए । राहुलले ५३ बलमा सात चौका र ६ छक्काको सहयोगमा ९३ रन जोडे । स्तुबसले २३ बलमा चार चौका र एक छक्का प्रहार गरी ३८ रनको योगदान दिए । चालू आइपिएलमा दिल्लीले चारै खेलमा अपराजित रही ८ अंक जोडेको छ । दिल्ली दोस्रो स्थानमा छ ।

समान अंक जोडेको गुजरात टाइटन्स रनरेटमा शीर्ष स्थानमा छ । हारले पनि बेंग्लोर तेस्रो स्थानमै रह्यो । लक्ष्य पछ्याएको इनिङ्समा दिल्लीको गतिलो सुरुवात भएन । शीर्ष तीन खेलाडी ४.३ ओभरमै पेभेलिन फर्केका थिए । ओपनर फाफ डु प्लेसिसले सात बलमा २, जाक फ्रासेरले ६ बलमा ७ तथा अभिषेक पोरेलले सात बलमा ७ रन बटुलेका थिए । त्यसपछि लोकेश राहुल र कप्तान अक्षर पटेलबिच चौथो विकेटका लागि २८ रनको साझेदारी भएको थियो । अक्षरले ११ बलमा दुई चौकाको सहयोगमा १५ रन जोडे । 

बेंग्लोरको मध्यम योगफल
पहिलो ब्याटिङ गरेको बेंग्लोरले मध्यक्रमका ब्याट्सम्यानबाट गतिलो साथ नपाउँदा दिल्लीविरुद्ध गतिलो योगफल बनाउन सकेन । ओपनर विराट कोहली र फिल साल्टले पहिलो विकेटका लागि ३.५ ओभरमा ६१ रनको सानदार साझेदारी गरेका थिए । फिलले १७ बलमा चार चौका र तीन छक्का प्रहार गरी ३७ रन बटुलेका थिए । इनिङ्सको ६.६ ओभरमा विराटले आफ्नो विकेट गुमाए । उनले १४ बलमा एक चौका र दुई छक्का प्रहार गरेका थिए । कप्तान देवदत्त पडिकालले २३ बलमा समान एक चौका र छक्काको सहयोगमा २५ रन जोडे । क्रुनाल पान्ड्याले १८ बलमा १८ तथा टिम डेभिडले २० बलमा चार छक्का र दुई चौकाको मद्दतमा ३७ रन बटुले । 

 धोनीले चेन्नईको कप्तानी गर्ने
चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण आइपिएलबाट बाहिरिएका छन् । अब महेन्द्रसिंह धोनीले सिजनका बाँकी खेलको कप्तानी गर्नेछन् । कोलकाता नाइट राइडर्सविरुद्धको खेलअघि गायकवाड खेल्न नसक्ने चेन्नईले जनाएको छ । चेन्नईले पाँचमध्ये चार खेलमा हारको सामना गरेको छ । चेन्नई नवौँ स्थानमा छ । ३० मार्चमा गुवाहाटीमा राजस्थान रोयल्सविरुद्धको खेलमा गायकवाड घाइते भएका थिए । सो खेलमा उनले ६३ रन बनाए । चेन्नईका मुख्य प्र्रशिक्षक स्टेफन फ्लेमिङले धोनीले बाँकी खेलमा कप्तानी गर्ने बताए । धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा पाँचवटा आइपिएल उपाधि जितेको थियो ।