१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २८ बिहीबार
  • Friday, 18 April, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o९:o३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

तेस्रो नेपाल सुपर लिग : धनगढी र पोखराको गोलरहित बराबरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २८ बिहीबार o९:o३:oo

नेपाल सुपर लिग (एनएसएल)को १२औँ खेलमा पोखरा थन्डर्स र धनगढी एफसीले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा बुधबार दुवै टोलीले आक्रामक खेले पनि गोल गर्न सकेनन् । पोखरा र धनगढी फाइनल थर्डमा चुके । दुवै टोलीले प्रतिस्पर्धामा समान पाँच विदेशी खेलाडी एकैसाथ उतारे पनि फिनिसिङमा कमजोर देखिए । 

बराबरीले धनगढीले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । धनगढी ५ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । पोखरा ४ अंकसहित पाँचौँ स्थानमा रह्यो । चितवन शीर्ष स्थानमा रहेको छ । चितवनले सर्वाधिक ७ अंक बटुलेको छ । अंकतालिकाको शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाउनेछन् । 

धनगढीले पोखराविरुद्ध भने अपराजित यात्रा राखेको छ । यसअघि तीनमध्ये दुवै भेटमा पोखरालाई धनगढीले हराएको थियो । एक खेल बराबरी भएको थियो । यसअघिका भेटमा धनगढीले पोखराविरुद्ध चार गोल गर्दा तीन व्यहोरेको थियो । धनगढीले पहिलो खेलमा बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गर्दै प्रभावशाली जित निकालेको थियो । तर, पहिलो खेलपछि धनगढीको प्रदर्शन सुस्ताएको छ ।

साबिक दुईपटकको उपविजेता धनगढी पटक–पटक फाइनल थर्डमा चुकेको छ । 
लगातार दुई खेलमा टोली गोलविहीन बन्यो । धनगढीले साबिक च्याम्पियन ललितपुर सिटी र पोखराविरुद्ध गोलरहित बराबरी खेलेको हो । पोखरा लगातार विपक्षीसँग अंक खोस्न सफल भयो । पोखराले ४ अंक जोडेको छ । पहिलो खेलमा एफसी चितवनसँग पोखरा २–० ले पराजित हुँदा दोस्रो खेलमा ललितपुरसँग ३–२ ले नै पराजित भयो । तेस्रो खेलमा काठमाडौंलाई हराउँदै पोखराले प्लेअफ सम्भावना कायम राखेको छ । 

 धनगढी र पोखराको गोल प्रयास
खेलको ८६औँ मिनेटमा धनगढीले गोल अवसर गुमाएको थियो । धनगढीका कृतिशले पोस्टको ६ यार्ड बक्सबाट प्रहार गरेको बललाई नजिकमा रहेका खेलाडीले भेटाउन सकेनन् । यसैगरी, खेलको ८०औँ मिनेटमा धनगढीका प्लेमेकर हिजाजीले वान भर्सेज वानमा पोखराका गोलरक्षकलाई पार गर्न सकेनन् । उनले डिबक्सभित्र प्रहार गरेको बललाई पोखराका गोलरक्षक प्रिसोले बचाउ गरेका थिए । 

दोस्रो हाफमा नवयुग श्रेष्ठ मैदानमा प्रवेश गरेपछि पोखराका गोलरक्षक प्रिसोले आर्मब्यान्ड श्रेष्ठलाई दिएका थिए । यसअघि प्रिसोले खेलको कप्तानी गरेका थिए । खेलको ६७औँ मिनेटमा विपक्षी खेलाडीले धनगढीका हिजाजीलाई डिबक्सभित्र लडाएका थिए । हिजाजीले पेनाल्टी अपिल गरे पनि रेफ्रीले अस्वीकार गरे । खेलको ५७औँ मिनेटमा पोखराका सुदिल राईको प्रहार क्रसबारभन्दा माथि गएको थियो ।