१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
Invalid date format १४:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सशक्त पार्टी निर्माणका लागि जागरण अभियान : भीम रावल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका नेकपा एमालेका पूर्वनेता डा. भीम रावलले नयाँ पार्टी गठनका लागि आफूले जनतामाझ गएर संगठन निर्माण गरिरहेको बताएका छन्। धनगढीमा आज बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले भ्रष्टाचार र बेथितिविरुद्ध उभिन चाहने सबैलाई संगठित गरेर राजनीतिक दल निर्माण गर्न जागरण अभियान थालिएको बताए।

उनले अहिले विभिन्न जिल्ला र प्रवासमा समेत संगठित गर्ने कार्य भइरहेको बताए । ‘जागरण अभियान दुई–चारजना भेला गरेर भाषण गर्दै हिँड्ने अभियान होइन, जहाँ गयो संगठन गरिरहेका छौँ । भोलिको सशक्त राजनीतिक दलको आधार सिर्जना गर्दै छौँ,’ रावलले भने, ‘केन्द्रमा पनि बुद्धिजीवी र अन्य क्षेत्रका मानिससँग कुराकानी हुन्छ । देशभरि र प्रवासमा रहेका मान्छेका कुरा सुनिसकेपछि संगठित केन्द्रीय रूप दिन्छौँ र जागरण अभियानले उचित समयमा शसक्त राजनीतिक दलको रूप लिन्छ ।’

राजनीतिक दल कहिले गठन हुन्छ भन्नेबारे भने उनले खुलाएनन् । एमालेले पार्टी सदस्यबाट निष्कासन गरेपछि रावलले माृतभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन् । रावल ४ माघदेखि गृहप्रदेश सुदूरपश्चिममा छन् । दुई साता गृहजिल्ला अछाम बसेका रावलले वडा तथा पालिकामा मातृभूमि जागरण अभियानको तदर्थ समितिहरूसमेत गठन गरेका छन् ।

चार दिनदेखि धनगढीमा रहेका रावलले २६ माघमा यहाँ जागरण भेलाको तयारी गरिरहेको जानकारी दिए । उनले कैलाली, कञ्चनपुरलाई लक्षित गरेर भेला गर्न लागेका हुन् ।

पत्रकार सम्मेलनमा रावलले सदन छल्दै अध्यादेश ल्याएर प्रधानमन्त्री केपी ओलीले आफ्नो तानाशाही प्रवृत्ति देखाएको टिप्पणी गरे । ‘जनताको हित र संविधानमा उल्लेखित मौलिक हकविपरीतका कानुन र सरकारका कामकारबाहीबारे संदनमा विरोध हुन सक्ने र पारित हुन नसक्ने देखेर अध्यादेश जारी गर्नु र त्यसलाई संक्षिप्त प्रक्रियाबाट पारित गर्न खोज्नुले प्रधानमन्त्रीको निरंकुश, स्वेच्छाचारी, तानाशाही चरित्र फेरि छर्लंग भएको छ,’ रावलले भने ।