१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
मुख्य समाचार डिजिटल संस्करण

भीम रावलको दस्ताबेज प्रचण्डको नेकपाकालीन आरोपको कपी–पेस्ट : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

नेकपा (एमाले)ले पार्टीबाट निष्कासनमा परेका पूर्वउपाध्यक्ष भीम रावलको आरोप बहस गर्नुपर्ने गम्भीर विषय नरहेको निष्कर्ष निकालेको छ। बिहीबार सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले रावलको आरोप प्रचण्डको नेकपाकालीन १९ बुँदे अभियोगको कपी–पेस्ट मात्रै रहेको बताए।

‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले तत्कालीन नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तै खालका आरोपहरू लगाउनुभएको थियो। सायद १९ पेजको थियो,’ उनले भने, ‘एक किसिमले कपी–पेस्ट जस्तै हो। नयाँ कुरा छैन।’

पार्टीबाट निष्कासित भएसँगै रावलले बुधबार पत्रकार सम्मेलनमार्फत विज्ञप्ति सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी ओलीलाई ७४ बुँदामा विभिन्न प्रश्न गरेका थिए। रावलको विज्ञप्तिले उनीभित्र कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने प्रस्ट भएको ज्ञवालीले बताए। ३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठभन्दा धेरैमा गालीगलौज मात्रै रहेकाले त्यसमा छलफल गर्नुपर्ने गम्भीर विषय नभएको उनको भनाइ छ।

‘एक जमाना थियो, बाबुराम भट्टराईजी, प्रचण्डजीहरू पुराना पार्टीहरूलाई डिस्नरीमा भएका शब्दहरू खोजीखोजी गाली गर्नुहुन्थ्यो। अर्को अवस्था आयो रविजीहरू त्यसैगरी नै उदाउनुभएको हो। गालीगलौजले देश बन्दैन,’ ज्ञवालीले भने, ‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गाली र पौने एक प्यारामा अभियान चलाउँछु भनेपछि त्यो छलफल गर्नुपर्ने कुनै गम्भीर विषय लागेन।’