Skip This
जलवायु जोखिमविरुद्ध कृषिमा नवीन प्रयोग 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३० शुक्रबार
  • Friday, 15 November, 2024
२o८१ कार्तिक ३० शुक्रबार ११:५८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु जोखिमविरुद्ध कृषिमा नवीन प्रयोग 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ३० शुक्रबार ११:५८:oo

जलवायु–स्मार्ट एग्रिकल्चर (सिएसए) एक नवीन दृष्टिकोण हो, जसले कृषि–खाद्य प्रणालीलाई हरियो र जलवायुको लचिलो अभ्यासतर्फ रूपान्तरण गर्न मार्गदर्शन गर्छ

जलवायु परिवर्तन आज विश्वले सामना गरिरहेको सबैभन्दा गम्भीर साझा चुनौतीमध्ये एक हो । जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर कृषि क्षेत्रमा परेको छ । यसले विकासको ढाँचालाई असर गरिरहेको छ र विश्वव्यापी खाद्य सुरक्षालाई जोखिममा पारेको छ ।

बाढी, खडेरी, गर्मीको लहर, गर्मीमा बढ्दो तापक्रम र बढ्दो चिसो, जाडोजस्ता जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपले चीनलाई बढी असर गरिरहेको छ । जलवायु परिवर्तनकै कारण केही क्षेत्रहरूमा बालीमा ठुलो क्षति पुगेको छ । यसले कृषि उत्पादनको स्थिरतालाई महत्वपूर्ण असर पारेको छ । तसर्थ, देशले जलवायु परिवर्तनलाई न्यूनीकरण र अनुकूलन गर्न थप उपाय अपनाउनुपर्छ, ताकि कृषिलाई राम्रोसँग सुरक्षित गर्न सकिन्छ ।

वास्तवमा केन्द्रीय सरकारले जलवायु परिवर्तनको अनुकूलनलाई ठुलो महत्व दिन्छ । सरकारले जलवायु परिवर्तनको लागि कृषिको लचिलोपन बढाउन विभिन्न नीति कार्यान्वयनमा ल्याएको छ । त्यस्ता उपायलाई लिएर चीनले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी लडाइँमा ठुलो योगदान दिइरहेको छ । देशले विश्वव्यापी जलवायु शासन सुधार गर्न पनि मद्दत गरिरहेको छ ।

नीति निर्माणको सन्दर्भमा सरकारले रणनीतिक योजना, नीति र नियम प्रयोग गरेको छ । जस्तै– राष्ट्रिय जलवायु परिवर्तन अनुकूलन रणनीति २०३५, कृषि तथा ग्रामीण उत्सर्जन न्यूनीकरण तथा कार्बन उत्सर्जनको कार्यान्वयन योजना र १४औँ पञ्चवर्षीय राष्ट्रिय कृषि हरित विकास योजना । त्यसैगरी, कृषि क्षेत्रलाई थप लचिलो बनाउनका लागि कार्ययोजनाको कार्यान्वयनलाई तीव्रता दिने जलवायु परिवर्तन र कृषिमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने नीति पनि सरकारले ल्याएको छ ।

सरकारले चीनको जलवायु अनुकूलन कार्यको प्रगति र प्रभावकारिताको व्यवस्थित समीक्षा गर्न र सबै तहमा नीति तर्जुमा र कार्यलाई प्रवद्र्धन गर्नका लागि चीनको जलवायु परिवर्तन अनुकूलन प्रगति प्रतिवेदन (२०२३) र जलवायु परिवर्तनलाई सम्बोधन गर्नका लागि चीनको नीति तथा कार्यहरू (२०२४) को मस्यौदा पनि तयार गरेको छ । यस मस्यौदालाई कानुनको रूप दिने प्रक्रिया पनि अगाडि बढिरहेको छ ।

जब वैज्ञानिक र प्राविधिक सहयोग उपलब्ध गराउने विषय आउँछ, चीनले कृषि क्षेत्रलाई जलवायु परिवर्तनसँग लचिलो बनाउन अहिले प्रमुख प्रविधिको अनुसन्धान र विकासलाई बढावा दिइरहेको छ । चीनले जलवायु परिवर्तनका लागि अनुकूल ‘जर्मप्लाज्म’ (फसल प्रजनन, अनुसन्धान र संरक्षण प्रयासमा उपयोगी बिउ, बोटबिरुवा वा बिरुवाका भाग वर्णन गर्न प्रयोग गरिने शब्द हो) स्रोतहरूको अध्ययनलाई पनि तीव्र पारेको छ, किनभने वनस्पति आनुवंशिक स्रोतहरूले कृषिको सुरक्षालाई जोड दिन्छ ।

उच्च उपज, तनाव प्रतिरोधी र उच्च गुणस्तरको अन्नको प्रजनन गर्दा यसले कीट नियन्त्रण र जलवायु परिवर्तनअनुकूल बाली र खेतीको एकीकरणको साथसाथै सुक्खा खेती र जल संरक्षण प्रविधिको विकास गर्दै छ, ताकि व्यापक रूपमा जलवायु परिवर्तनका लागि कृषि खाद्य प्रणालीलाई लचिलोपन बढाउँछ । कृषि प्रकोप न्यूनीकरण र प्रतिक्रियाका लागि सरकारले प्रमुख क्षेत्रमा प्रमुख किरा र रोगहरूविरुद्ध निगरानी, पूर्वचेतावनी र एकीकृत रोकथाम तथा नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै रोकथाम, न्यूनीकरण र राहतका उपायहरू लिएको छ ।

प्रारम्भिक प्राकृतिक प्रकोप अनुगमन र पूर्वसूचना प्रणाली स्थापना गरी अग्रिम विपत् रोकथाम तथा न्यूनीकरण योजना जारी गरेर कृषि जल संरक्षण र विपत् रोकथाम तथा न्यूनीकरण पूर्वाधारमा सुधार गर्दै विपत्को जोखिम रहेका क्षेत्रमा खाद्यान्न भण्डारण क्षमता वृद्धि गरी प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सहयोगको सन्दर्भमा कृषि तथा ग्रामीण मामिला मन्त्रालयले संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन र विश्व बैंकसँग मिलेर विश्वव्यापी वातावरण सुविधा (जिइएफ) परियोजनाहरू कार्यान्वयन गरेको छ । चीनले जिइएफ–८ ढाँचाअन्तर्गत इकोलोजिकल र लो–कार्बन फुड सिस्टम इन चाइना परियोजना पनि डिजाइन गरेको छ ।

जलवायु–स्मार्ट कृषि प्रवद्र्धन, कृषि जैविक विविधताको राम्रो संरक्षण, खेतीयोग्य जमिनमा माटोको सुधार, खाद्य उत्पादनको हरित रूपान्तरण र विविध खाद्य आपूर्ति प्रणालीको विकास गरी चीनले परियोजना क्षेत्रमा खाद्य उत्पादन प्रणालीलाई अनुकूलन गरेको छ । यी परियोजनाले प्रभावकारी रूपमा कृषिको जलवायु लचिलोपनलाई बढाएका छन् र जलवायु परिवर्तनका लागि अन्तर्राष्ट्रिय कृषि प्रतिक्रियाका लागि मोडेल सिर्जना गरेका छन् । जलवायु–स्मार्ट एग्रिकल्चर (सिएसए) एक दृष्टिकोण हो, जसले कृषि–खाद्य प्रणालीलाई हरियो र जलवायुको लचिलो अभ्यासतर्फ रूपान्तरणका लागि मार्गदर्शन गर्छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप २९) का पक्षहरूको चलिरहेको २९औँ सम्मेलन सोमबारबाट सुरु भई अजरबैजानको बाकुमा नोभेम्बर २२ मा समापन हुँदै छ, जसमा ‘कृषि र खाद्य सुरक्षामा जलवायु परिवर्तन सर्म अल–शेख संयुक्त कार्य कार्यान्वयनमा केन्द्रित हुने’ र सर्म अल शेखमा भएको सहमतिलाई कार्यान्वयन गर्न संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूलाई दबाब दिने अपेक्षा गरिएको छ ।

विकासोन्मुख देशले कृषि क्षेत्रलाई जलवायु परिवर्तनसँग लचिलो बनाउन र यसरी विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्न नीतिगत उपाय लिन मद्दत गर्नका लागि विकासशील देशलाई प्राविधिक र क्षमता अभिवृद्धि सहयोग उपलब्ध गराउँदै जलवायु वित्तसम्बन्धी प्रतिबद्धतामा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।

– चाइना डेलीबाट