१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २२ शनिबार २२:२५:oo
Read Time : < 1 मिनेट
समाचार

दुई क्विन्टल गाँजासहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार २२:२५:oo

सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १० स्कुल टोलबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

गोठमा गाँजा लुकाएर राखेको गोप्य सूचनाका आधारमा प्रहरीचौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो दुई क्विन्टल १७ किलोग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार प्रहरी टोलीले स्थानीय बिहारी मुखियाको गोठबाट प्लास्टिकको १४ पोकामा प्याक गरिएको गाँजा बरामद गरेको जनाएको छ ।

मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु र कर्जन्हा प्रहरीचौकी प्रमुख प्रहरी सहायक निरीक्षक तेजप्रसाद अधिकारीको कमान्डमा खटिएको प्रहरीले गाँजासहित भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्ला बलरा थाना– १२ बस्ने २० वर्षीय किसुन मुखिया, मकवानपुरको मनहरी गाउँपालिका– ९ बस्ने करिब ६२ वर्षीय खड्कबहादुर तामाङ र कर्जन्हा नगरपालिका– १० का करिब ४० वर्षीया चानोदेवी मुखिया रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए । उनीहरूलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए । हरितालिका तीजसहित तराईमा चौरचन पर्वको रमझम चलिरहेका वेला तस्करले गाँजा अन्यत्र लैजाने तयारी गरिरहेका वेला बरामद भएको हुन सक्ने बताइएको छ ।