मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २७ आइतबार ११:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनताका लागि राम्रा काम गरेकाले चुनाव जित्नेमा ढुक्क छु : पम्फा भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २७ आइतबार ११:१२:००

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधिसभाको निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छिन् ।

आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो  कार्यक्रममा बोल्दै उनले आफू यसअघि पनि दुईपटक विजयी भइसकेको उल्लेख गर्दै यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् । 

उनले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताका लागि राम्रा कामहरू गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबी गरेकी छिन् । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आममतदाता सत्तागठबन्धन र विशेषगरी आफूसँग खुसी र सन्तुष्ट रहेको बताइन् । 

उनले भनिन्, ‘मैले यो क्षेत्रमा राम्रा काम गरेकी छु ।  जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन ।  यसभन्दा अगाडि पनि दुईपटकसम्म जितिसकेको हो । त्यस्तो डर मलाई छैन । मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ ।  विगतमा झैँ यसपटक पनि आममतदाता खुसी हुनुहुन्छ ।  सबैको साथ र सहयोग मलाई प्राप्त छ । गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ ।’

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारले आफ्नो प्रचारप्रसारका लागि यतिवेला घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आममतदाताको घरमा पुगेर उम्मेदवार आफूलाई भोट माग्न लागिपरेका छन् ।