Skip This
हमिद कारजाईका भाइ महमुदलाई तालिबानले हिरासतमा लियो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ कार्तिक २१ सोमबार १७:o३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हमिद कारजाईका भाइ महमुदलाई तालिबानले हिरासतमा लियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार १७:o३:oo

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईका भाइ अर्थात् एक प्रमुख अफगान व्यापारी महमुद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ। पूर्वसहरी विकास र भूमिमन्त्री महमुद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाई जानकारी दिए।

तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामा प्रेसलाई महमुद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल एयरपोर्टबाट हिरासतमा लिएको बताएको छ। उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार थिए।

हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुवैजना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुन्। उनी तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि पनि अफगानिस्तानमा नै बस्दै आएका छन्। पूर्वराष्ट्रपति हमिद कारजाईले तालिबान सरकारले महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन्। तालिबानलाई समावेशी सरकार गठन गर्न माग गरिरहेका छन्। खामा प्रेससँग कुरा गर्ने स्रोतले महमुद कारजाईलाई हिरासतमा राख्नुको कारण उनका भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुन सक्ने विश्वास गरेको छ।