पसल सञ्चालकहरूसँग महिनावारी उठाउने प्रहरी नायब निरीक्षक (सई) चार हजार घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सीमा प्रहरी चौकी धनुषामा कार्यरत सई देवकीलाल चौधरीलाई बिहीबार रंगेहात पक्राउ गरेको हो।
नगराइन नगरपालिका– २ जटहीस्थित पसल सञ्चालकहरूसँग पसल सञ्चालन गर्न महिनावारी रूपमा रकम उठाएको उजुरी परेपछि आयोगको बर्दिबास कार्यालयको टोलीले चौधरीलाई रकमसहित रंगेहात पक्राउ गरेको हो। सई चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।