Skip This
प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशको सानदार जित  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १७ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ कार्तिक १७ बिहीबार १९:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशको सानदार जित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १७ बिहीबार १९:३८:oo

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। मधेश प्रदेशले प्रदेश नम्बर १ लाई ७२ रनको अन्तरले पराजित गरेको हो।

प्रदेश नम्बर १ टस जितेर फिल्डिङ गरेको थियो। मधेश प्रदेश ४८.१ ओभरमा २१४ रनमा अलआउट भयो। 

मधेश प्रदेशका अनिल साह ६१, विवेक यादव ३२, रोहन विक २८ र रुपेश सिंहले ३० रनको योगदान गरेका थिए। आठौँ विकेट गएपछि क्रिचमा आएका सिंहले २५ बलमा ३ छक्काको मद्दतले ३० रन बनाएका थिए।

प्रदेश नम्बर १ का फिरदोस अन्सारीले ५, सिद्धान्त लोहनी ३, श्रवण यादव र लभ कामतले समान १/१ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर १ का ब्याट्सम्यानले कमजोर प्रदर्शन गरेका थिए। प्रदेश नम्बर १ ले मधेश प्रदेशका बलरहरूको सामुन्ने घुँडा टेकेका थिए। 

४३.१ ओभरमा १४२ रनमा अलआउट भए। ९८ रन बनाउँदा प्रदेश नम्बर १ ले आफ्नो ७ विकेट गुमाइसकेका थिए। बलरहरूले पारीलाई सम्हाल्दै ४४ रन थप्दै १४२ को स्कोर बनाउन सक्यो। 

बलिङतर्फ मधेश प्रदेशका प्रदीप पासमान, मोहम्मद आदिल आलम, रुपेश सिंह, विशाल सुसलिङले समान २र२ विकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच मधेश प्रदेशका अनिल साह ६१ (८९) लाई प्रदान गरिएको छ।

पहिलो जितसँगै समूह बी मा रहेको मधेश प्रदेश तालिकाको दोस्रो स्थानमा पुगेको छ। समूहको शीर्ष स्थानमा नेपाल पुलिस क्लब छ । पुलिस क्लबले ३ खेल जित्दै ६ अंक बटुलेको हो।

लुम्बिनी प्रदेश २ मध्ये १ मा जित निकाल्दै २ अंक, प्रदेश नम्बर १ तीन खेलमध्ये १ मा जित निकाल्दै २ अंक र बागमती प्रदेश ३ खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ।