१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
२o७९ कार्तिक १४ सोमबार १७:५४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

यस वर्ष नेपालकाे आर्थिक वृद्धिदर ५.८ प्रतिशत : विश्व बैंक

मूल्यवृद्धि ६.३ प्रतिशत रहने आकलन

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १७:५४:oo

विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने आकलन गरेको छ। ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष स्थिर बजार मूल्यका आधारमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५.८ प्रतिशतले बढ्ने आकलन गरेको हो।

सन् २०२३ मा ५.१ र सन् २०२४ मा ४.९ प्रतिशतले जिडिपी वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ। यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अघिल्लो साता ‘वर्ल्ड इकोनमिक आउटलुक : काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो।

सरकारले भने आर्थिक वर्ष २०७९–८० का लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

सन् २०२२ को मुद्रास्फीतिदर ६.३ प्रतिशत रहने आकलन विश्व बैंकको छ। सन् २०२३ मा ५.५ प्रतिशत र सन् २०२४ मा ५.३ प्रतिशत मूल्यवृद्धि रहने प्रक्षेपण विश्व बैंकको छ। चालू आव २०७९/८० को बजेटमार्फत सरकारले मूल्यवृद्धिलाई सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने विश्व बैंकको आकलन छ। सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १०.२ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने अनुमान गरिएको छ। सन् २०२३ मा भने यी क्षेत्रको वृद्धिदर क्रमशः दुई, ८.९ र ५.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

सन् २०२२ मा वस्तु तथा सेवाको निर्यात ३५ प्रतिशतले र आयात १५ प्रतिशत बढ्ने अनुमान छ। सन् २०२३ र २०२४ मा भने निर्यात क्रमशः २०.२३ र १८.०४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। आगामी दुई वर्षको आयात वृद्धिदर भने ३.९ प्रतिशत र ४.१ प्रतिशत रहने अनुमान गरिएको छ।