१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ६ आइतबार ०७:४८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१५ नेपाली टोली घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ६ आइतबार ०७:४८:००

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना बंगलादेशमा हुने महिला यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीको घोषणा गरेको छ । टोलीकी मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेकी हुन् । महिला यू–१५ साफ च्याम्पियनसिप १५–२५ कात्तिकसम्म हुनेछ । प्रतियोगिताका लागि टोली घोषणा गर्ने क्रममा बन्दप्रशिक्षणमा ३० खेलाडी थिए । 

प्रशिक्षक रानाले अन्तिम चरणका लागि २३ खेलाडी छानेकी हुन् । घोषित टोलीमा सानीमाया स्याङ्तान, शिवांगी स्नेही, दिलमाया घिसिङ, यशोधा बोहरा, निर्मला आचार्य, सन्जी थिङ र अनिषा विकले स्थान बनाउन सकेनन् । मुख्य प्रशिक्षक रानालाई सहायक प्रशिक्षक मंगल महर्जन र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरीले सहयोग गर्नेछन् ।

ढाकास्थित बिएसएसएसएमके रंगशालामा प्रतियोगिता डबल राउन्डरोबिन लिगका आधारमा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल र भुटानले मात्रै प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा भुटानविरुद्ध १७ कात्तिकमा खेल्नेछ । तालिकाअनुसार नेपालले १९ कात्तिकमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को चरणमा नेपालले २३ कात्तिकमा भुटानसँग खेल्नेछ । २५ कात्तिकमा नेपाल र बंगलादेशबीच खेल हुनेछ । डबल राउन्डरोबिन लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।