१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बुद्धिचालमा नेपाल तेस्रो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:२२:oo

नेपाली बुद्धिचाल टोली बंगलादेशमा भएको सेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम च्याम्पियनसिपमा तेस्रो भएको छ । सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेर आयोजक बंगलादेश च्याम्पियन बनेको छ । समान तीन अंक बनाएको श्रीलंकालाई गेम अंकका आधारमा पछि पार्दै बंगलादेश विजेता बनेको हो । बंगलादेशले चार हजार डलर पाएको छ । 

उपविजेता श्रीलंकाले तीन हजार डलर र तेस्रो भएको नेपालले दुई हजार डलर हात पारेको बुद्धिचालका अन्तर्राष्ट्रिय आर्विटर उमेश केसीले बताएका छन् । लिग चरणमा चौथो स्थानमा रहेको पाकिस्तानले एक हजार डलर पुरस्कार पायो । 

बंगलादेशको राजधानी ढाकामा १२ अक्टोबरदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र पाकिस्तानको सहभागिता रहेको थियो । राउन्ड रोविन प्रणालीबाट अंकतालिकाको शीर्ष स्थानमा रहेका टोली सुपर लिगमा प्रवेश गरेका थिए । नेपाली टिम सुपर लिगका दुवै खेलमा पराजित भयो । च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपालविरुद्ध ३ ग्रान्डमास्टर र १ इन्टरनेसनल मास्टरलाई प्रतिस्पर्धा गराएको थियो । पहिलो बोर्डमा ग्रान्डमास्टर इनामुल हुसेनले नेपाली फिडेमास्टर रिजेन्द्र राजभण्डारीलाई हराए । त्यसैगरी, दोस्रो बोर्डमा विमललाल श्रेष्ठलाई अर्का ग्रान्डमास्टर जिउर रहमानले हराए । 

तेस्रो बोर्डमा सिंगेश्वर दासलाई ग्रान्डमास्टर नियाज मुर्सिदले पाखा लगाए । चौथो बोर्डमा प्रतिस्पर्धा गरेका राजेन्द्र बज्राचार्य बंगलादेशी इन्टरनेसनल मास्टर मोहमद फहाद रहमानसँग अंक गुमाउन पुगे । व्यक्तिगत विधातर्फ पहिलो बोर्डमा रिजेन्द्र, दोस्रो बोर्डमा विमललाल र तेस्रो बोर्डतर्फ सिंगेश्वर दासले कांस्य पदक प्राप्त गरे । यसैबीच नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच प्रायोजन सम्झौता भएको छ । 

संघले १९–२१ कात्तिकसम्म नेसनल भेट्रान्स बुद्धिचाल च्याम्पियनसिप गर्दै छ ।संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । च्याम्पियनसिपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले संघलाई तीन लाख रुपैयाँ प्रदान गर्नेछ ।