१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७९ कार्तिक ४ शुक्रबार २o:o६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

माथिल्लो तामाकोसीको विद्युत उत्पादन एकसाता बन्द हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार २o:o६:oo

दोलखास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत उत्पादन एकसाता बन्द हुने भएको छ।

आयोजनाको प्राविधिक निरिक्षण गर्न कात्तिक ८ गतेदेखि  १५ गतेसम्म विद्युत उत्पादन बन्द हुने भएको हो। विद्युत प्राधिकरणले ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन युनिटहरु बन्द गरेर पहिलो पटक प्राविधिक निरिक्षण गर्न लागेको जनाएको छ। आयोजनाले शुक्रबार एक विज्ञप्ति जारी गदै एक साता विद्युत उत्पादन बन्द हुने जनाएको छ। 

लामाबगरस्थित आयोजनाको हेडवर्कस र मुख्य सुरुङको प्राविधिक निरिक्षणका लागि आयोजनाबाट बिजुली उत्पादन बन्द गरीने आयोजनाले जनाएको छ। विज्ञप्तिमार्फत आयोजनाले कात्तिक ८ गतेदेखि १५ गतेसम्म जलाशयको पानी घटाउने क्रममा बाँधको तल्लो तटीय क्षेत्रमा करिव ११÷१२ घण्टा नदिको बहाव बढ्ने भएकाले सर्तकता अपनाउन पनि आग्रह गरेको छ। 

लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ति सहित सुनकोसी नदिको दोभानसम्म माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदि तर्ने, बस्तुभाउ लैजाने, बालुवा गिट्टी निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरु नगर्न आयोजनाले आग्रह गरेको छ । यस्तै नदि किनारमा परम्परा अनुसार मृतकको दाहसंस्कार वा धार्मिक संस्कार गर्दा सर्तकतापुर्वक गर्नसमेत विज्ञप्तीमा उल्लेख छ।
 
स्वदेशी लगानीमा निर्माण गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ६ वटा युनिटबाट अहिले ४ सय ५६ मेगावाट बिद्युत नै उत्पादन भइरहेको थियो।

आयोजनाले २०७८ साल साउनदेखि नियमित विद्युत उत्पादन सुरु गरेको थियो भने २०७८ भदौ १० गतेबाट व्यवसायीक उत्पादन सुरु गरेको थियो। विद्युत उत्पादन सुरु भएको एक वर्षपछि आयोजनाले पहिलो पटक आयोजना निर्माणमा संलग्न विदेशी र स्वदेशी विज्ञहरुको संलग्नतामा निरिक्षण गर्न लागेको हो। 

टनेल र पाइपहरुमा कुनै क्षति पुगेको छ कि छैन भनेर आयोजनाले उपकरणभित्रको अनुगमन गर्न लागेकाले एकसाता आयोजना पूर्ण रुपमा बन्द हुने भएको हो।