
इन्डोनेसियाले करिब सय बालबालिकाकाे ज्यान गएपछि सबै प्रकारका कफसिरप तथा झोल औषधिमा प्रतिबन्ध लगाएको छ।
एक हप्ताअघि गाम्बियामा खोकीको औषधि (कफसिरप) खाएका करिब ७० बालबालिकाको मृत्यु भएपछि इन्डोनेसियाले यस्ता औषधिमा प्रतिबन्ध लगाएको हो।
त्यस्ता केही औषधिमा मिर्गाैला (एकेआई) लाई असर गर्ने पदार्थ पाइएकाले प्रतिबन्ध लगाएको जनाएको छ। जसका कारण यस वर्ष मात्रै ९९ बालबालिकाले ज्यान गुमाएका छन्।
ती औषधि आयातित हुन् कि घरेलु उत्पादन भन्नेबारे अनुसन्धान भइरहेको छ। बिहीबार मात्रै इन्डोनेसियाका स्वास्थ्य अधिकारीले करिब दुई सय बालबालिकामा एकेआईको मात्रा पत्ता लगाएको थियो। जसमा अधिकांश बालबालिका पाँच वर्षमुनिका रहेको बिबिसीले जनाएको छ।
अक्टोबरको सुरुमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कम्पनीद्वारा उत्पादित चारवटा कम्पनीका कफसिरप विश्वव्यापी प्रतिबन्ध लगाउन आह्वान गरेको थियो।