
ग्यास्ट्रिक अधिकांश नेपालीमा देखिने समस्या हो । यसलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । समयमै उपचार गरिएन भने ग्यास्ट्रिक बढेर अल्सर हुँदै क्यान्सरमा परिणत हुन सक्छ । त्यही कारण यसलाई सामान्य रूपमा लिन हुँदैन । हाम्रो पेटमा (आमाशय) हाइड्रोक्लोरिक एसिड (अम्ल) उत्पादन हुन्छ । यो तत्वले खाएको खानेकुरा टुक्रा–टुक्रा पारेर पचाउने र ब्याक्टेरियालाई मार्ने काम गर्छ । यदि पेटमा यस्तो अम्ल धेरै उत्पादन भयो जलन हुन्छ । जसलाई ग्यास्ट्रिक भनिन्छ ।
यस्ता छन् कारण
ग्यास्ट्रिक हुने कारण धेरै छन् । अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण अधिकांशमा ग्यास्ट्रिक हुने गरेको पाइन्छ । नियमित खानपान नहुनु, अत्यधिक चिल्लो, पिरो, अमिलो, मसालेदार खाना खानु, लामो समयसम्म पेट खाली राख्नाले ग्यास्ट्रिक उत्पन्न हुन्छ ।
अत्यधिक मानसिक तनाव लिँदा पनि ग्यास्ट्रिक हुन सक्छ । मद्यपान, धूम्रपान र सुर्तीजन्य पदार्थले पनि ग्यास्ट्रिक बढाउँछ । यीबाहेक जथाभावी औषधिको सेवनले पनि ग्यास्ट्रिक हुने हुन्छ । रगत, दिसा, पिसाब जाँचेर ग्यास्ट्रिक भए/नभएको पत्ता लाग्दैन । पेटभित्र कुनै समस्या छ/छैन भनेर इन्डोस्कोपी गर्नुपर्छ । यसबाट अम्लका कारण पेटमा घाउ भए/ नभएको थाहा पाउन सकिन्छ ।
लक्षण
के गर्ने, के नगर्ने ?
कस्तो अवस्थामा आफैँ ठीक हुन्छ ?
कारण र लक्षण हेरेर ग्यास्ट्रिकलाई तीव्र र क्रोनिक (दीर्घकालीन) गरी दुई रूपमा वर्गीकरण गर्न सकिन्छ । तीव्र ग्यास्ट्रिक अचानक हुने गर्छ र धेरै समय रहँदैन । कहिलेकाहीँ कुनै उपचार नै नगरी ठीक पनि हुन सक्छ । कसैलाई हल्का खाना खाएपछि आफैँ ठीक हुने पनि हुन्छ । कसै–कसैलाई एक–दुईपटक एन्टिबायोटिक औषधि खानुपर्ने हुन्छ । नियमित व्यायाम गरेर प्रशस्त पानी पिउँदा यो आफैँ ठीक हुन सक्छ ।
अर्कोतर्फ, लामो समयदेखि ग्यास्ट्रिकले सताएको छ भने चाँडै निको हुँदैन । ६ महिना वा एक वर्षभन्दा लामो समयदेखि ग्यास्ट्रिक भएको छ भने भोक नलाग्ने, डकार आउने, बान्ता आउनेलगायत समस्या देखिन सक्छ । यसले पेटमा समस्या उत्पन्न गराइसकेको हुन्छ । त्यसैले लामो समयदेखि ग्यास्ट्रिक भएको छ भने चिकित्सकलाई देखाउनुपर्छ र उनीहरूकै सल्लाहअनुसार अघि बढ्नुपर्छ । अन्यथा, अल्सर र पेटको क्यान्सर पनि हुन सक्छ ।