१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक १ मंगलबार १७:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

निर्वाचनमा सञ्चारमाध्यमको अनुगमन : काउन्सिलले सक्रियता बढायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार १७:४८:oo

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन २०७९ लक्षित गरी प्रेस काउन्सिल नेपालले अनुगमनलाई तीव्रता दिएको छ। काउन्सिलले गर्दै आएको नियमित अनुगमनबाहेक आसन्न निर्वाचनलक्षित सञ्चारमाध्यममा आचारसंहिताको अनुगमनसमेत गरिरहेको हो।

अनुगमनका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको छुट्टाछुट्टै समूह बनाई काम सुरु गरेको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए। म‍ंगलबार काउन्सिलले अनुगमनमा खटिएका कर्मचारीसहित तथ्यांकविज्ञसँग छलफल गरेको थियो। यसअघिका आमनिर्वाचनहरूमा समेत तथ्यांक प्रशोसनसहित अनुमगनको अनुभव सँगालेका तथ्यांकविज्ञद्वारा तथ्यांक प्रशोधन/अनुगमन विधिबारे संक्षिप्त अभिमुखीकरण भएको सूचना अधिकारी बोहराले बताए।

उनले काउन्सिलले आफ्नो नियमित अनुगमनसँगै निर्वाचन अनुगमनलाई समेत निरन्तरता दिएको र पत्रकार तथा सञ्चार माध्यमसम्बद्ध सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत भइरहेको जानकारी दिए। यसअघि काउन्सिलले २०६४ सालको संविधानसभा निर्वाचन, २०६५ सालको उपनिर्वाचन, २०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चार माध्यम विशेष अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

ad
ad
ad
ad