
काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका– ६ कुखुरेपाखामा एक्स्काभेटर दुर्घटना हुँदा अपरेटरको मृत्यु भएको छ। एक्स्काभेटर अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मृत्यु हुनेमा एक्स्काभेटर अपरेटर (चालक) रामेछाप जिल्ला दोरम्बा गाउँपालिका– २ का २५ वर्षीय जीवराज तामाङ रहेका छन्। कुखुरेपाखाबाट कटुन्जेतर्फ आउँदै गरेको बा.२ख ८६०२ नम्बरको एक्स्काभेटर अनियन्त्रित भएर सोमबार बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरीेले जानएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार केही महिनाअघि सडक खन्न लगिएको एक्स्काभेटर लिन आइतबार दुईजना गएकोमा एकजना हिजै फर्केको र अपरेटरले आज एक्स्काभेटर ल्याउने क्रममा दुर्घटना भएको हो।