१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २४ सोमबार ०७:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

योजना आयोगको उपाध्यक्ष छाडेर उम्मेदवारी

पूर्वअर्थमन्त्री र आयोगका निवर्तमान उपाध्यक्ष भिड्दै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २४ सोमबार ०७:२२:००

राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका विश्वनाथ पौडेलको प्रतिस्पर्धा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग हुने भएको छ । नेपाली कांग्रेसबाट टिकट पाउने सुनिश्चित भएपछि उनले तीन दिनअघि नै राजीनामा दिएका थिए । पाण्डे र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । अघिल्लो वर्ष १८ साउनमा सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो । देउवा नेतृत्वको सरकारले बलिया आकांक्षी शंकर शर्मालाई समेत पन्छाएर उनलाई नियुक्ति दिएका थिए । 

सैद्धान्तिक रूपमा राष्ट्रिय योजना आयोग सरकारको विकास सल्लाहकार मानिन्छ । थिंकट्यांकको मोडालिटीमा काम गर्ने आयोगले पौडेलको कार्यकालमा पूर्वबजेटको तयारीभन्दा बढी काम गर्न नसकेको टिप्पणी भइरहेको छ ।  

 यी अर्थशास्त्री जसले टिकट पाएनन् 
नेपाल कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेसनिकट अर्थशास्त्री स्वर्णिम वाग्लेले अन्तिम समयमा टिकट नै पाएनन् । चितवनबाट सिफारिस भएका वाग्लेले काठमाडौं, चितवन वा गोर्खाबाट टिकट पाउने चर्चा भए पनि उनले टिकट पाएनन् । वाग्लेले टिकट नपाएपछि कांग्रेस वृत्तमा मात्र नभई अन्यले पनि त्यसको आलोचना गरेका छन् । 

कांग्रेसनिकट अर्का अर्थशास्त्री एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले पनि टिकट पाएनन् । त्यस्तै, एमालेबाट धादिङबाट सिफारिस भएका अर्का अर्थशास्त्री पुष्पराज कँडेलले पनि टिकट पाएनन् । माओवादी केन्द्रले भने अर्थशास्त्री मीनबहादुर श्रेष्ठलाई समानुपातिकतर्फको उम्मेदवार बनाएको छ ।