१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २९ सोमबार २o:३१:oo
Read Time : < 1 मिनेट
खेलकुद

विराट कोहलीः जसले १८ महिनामा बनाए ६ दोहोरो शतक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार २o:३१:oo

आधुनिक क्रिकेटका सर्वश्रेष्ठ खेलाडीका रूपमा लोकप्रिय विराट कोहलीले टेस्ट क्रिकेटबाट बिदा लिएका छन्। १४ वर्ष निरन्तर टेस्ट खेलेका उनका नाममा अनेक रेकर्ड छन्। 

त्यसमध्ये एक भारतीय टेस्ट खेलाडीमध्ये सबैभन्दा धेरै दोहोरो शतक बनाउने रेकर्ड उनको नाममा छ। कोहलीले ६ वटा दोहोरो शतक बनाएका छन्। समग्रमा उनी यो सूचीमा दोस्रो स्थानमा छन्। पहिलो स्थानमा डोनाल्ड ब्राडम्यान छन्। जसले आठवटा दोहोरो शतक प्रहार गरेका थिए। 

अझ रमाइलो के छने १८ महिनाको बिचमा उनले ६ वटा दोहोरो शतक प्रहार गरेका हुन्। २०१६ मा उनले वेस्ट इन्डिजविरुद्धको खेलमा पहिलो दोहोरो शतक प्रहार गरेका थिए। त्यसपछि ३३ इनिङमा थप पाँच दोहोरो शतक जोडेका हुन्। टेस्ट करिअरमा सन् २०१६ देखि २०१९ सम्म उनी उत्कृष्ट फर्ममा थिए। यो समयमा ५९ इनिङमा उनले ६५.८० को औसतमा ३६१९ रन जोडेका थिए। जसमा १४ शतक प्रहार गरे।  

समग्रमा उनी भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा उनले चौथो स्थान बनाएका छन्। पहिलोमा सचिन तेन्दुलकर (१५, ९८१), दोस्रोमा राहुल द्रभिड(१३,२६५) तेस्रोमा सुनील गाभास्कर(१०,१२२) र चौथोमा कोहली(९२३०) छन्। 

टेस्ट कप्तानका रूपमा उनी भारतका लागि सबैभन्दा सफल कप्तान बने। 

कोहलीले सन् २०१४ बाट टेस्ट खेल्न सुरु गरेका थिए। उनले टी–२० बाट यसअघि नै सन्न्यास लिइसकेका छन्।